सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेन्ज कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

बुधबार कम्पनीले सर्वसाधरण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ करोड ७५ कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर अब दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि-ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम १७२.४३ रुपैयाँदेखि ५१७.२९ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि CLI संकेत चिह्न प्रदान गरेको छ ।

२२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन Read Previous

२२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’को विजेता घोषणा Read Next

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’को विजेता घोषणा