असोज १८ देखि आइपीओ बिक्री गर्दै माथिल्लो मैलुङ खोला

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ८४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख ८४ हजार २०० कित्ता सेयर बिक्रीमा ल्याउने भएको हो ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकत १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ । उक्त आइपीओमा असोज २२ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा कात्तिक २ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको १४.३ मेगावाटको माथिल्लो मैलुङ खोल जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ।

गभर्नर र धितोपत्र बोर्ड अध्यक्ष बीच भेटवार्ता, १२ करोडको सीमाबारे छलफल Read Previous

गभर्नर र धितोपत्र बोर्ड अध्यक्ष बीच भेटवार्ता, १२ करोडको सीमाबारे छलफल

बजारमा करिब दुई दर्जन राइड सेयरिङ कम्पनी, नियमन गर्न छैन कानुन  Read Next

बजारमा करिब दुई दर्जन राइड सेयरिङ कम्पनी, नियमन गर्न छैन कानुन