लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो साधरण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

बैंकले असोज ३० गते २९ औं वार्षिक साधरण सभा बोलाएको हो । बैंकको सभा लैनचौर ब्याङ्केट, लैनचौर, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

बैंकले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १० प्रतिशत बोनस र करसहित १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव एजेन्डा लैजाने भएको छ ।

त्यसैगरी, बैंकले सभामा गत आव २०७९/८० को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि लैजाने भएको छ ।

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि असोज १६ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार असोज १५ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी बीच वार्ता सुरू Read Previous

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी बीच वार्ता सुरू

नेपालगञ्ज-गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै Read Next

नेपालगञ्ज-गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै