लाभांश प्रयोजनका लागि सानिमा बैंकले तोक्यो बुकक्लोज

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

बैंकले कात्तिक २ गते १९ औं वार्षिक साधरण सभा बोलाएको हो । बैंकको सभा कुण्डलिनी दरबार ब्याङ्गकेट, चण्डोल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

बैंकले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १४.७९ प्रतिशत  (९% बोनस सेयर र करसहित ५.७९% नगद) लाभांश पारित गर्ने प्रस्ताव एजेन्डा लैजाने भएको छ । प्रस्तावित लाभांश बैंकको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि असोज २२ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार असोज २१ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

प्रसारण लाइन नबन्दा रसुवागढी र सान्जेनको बिजुली खेर जाने सम्भावना, पुसभित्र सक्न अल्टिमेटम Read Previous

प्रसारण लाइन नबन्दा रसुवागढी र सान्जेनको बिजुली खेर जाने सम्भावना, पुसभित्र सक्न अल्टिमेटम

रामेछापको मन्थलीबाट लुक्ला व्यावसायिक उडान सुरू Read Next

रामेछापको मन्थलीबाट लुक्ला व्यावसायिक उडान सुरू