नेप्सेमा दोहोरो अंकको करेक्सन, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा करेक्सन आएको छ । अघिल्ला तीन कारोबार दिनमा लगातार ६५ अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको करेक्सन आएको हो ।

आइतबार नेप्से परिसूचक १९.४२ अंकले घटेर २०१०.३५ विन्दुमा पुगेको छ । यसदिन २८५ कम्पनीको २ अर्ब ३२ करोड रुपैयाँ बढीको ९० लाख ३ हजार ९९४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये माइक्रोफाइनान्स बाहेक अरु सबैको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.९८ प्रतिशतले घटेको छ ।

आज माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि आज तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एशियन हाइड्रोपावर, स्वरोजगार लघुवित्त र हिमालयन लघुवित्तका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

पर्यटन व्यवसायमा बाधक बन्दै सडक, सौराहमा सिजनमै घटे पर्यटक Read Previous

पर्यटन व्यवसायमा बाधक बन्दै सडक, सौराहमा सिजनमै घटे पर्यटक

नेपाल-चीन व्यवसाय परिषद् स्थापना गर्न परिसङ्घ र सीसीपीआईटीबीच समझदारी Read Next

नेपाल-चीन व्यवसाय परिषद् स्थापना गर्न परिसङ्घ र सीसीपीआईटीबीच समझदारी