काठमाडौं अस्ट्रेलिया सिधा उडान अनिश्चित, निगमले तेस्रो जहाज किन्नुपर्ने

काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच द्धिपक्षीय हवाइ सम्झौता भएपनि तत्कालको लागि सिधा उडान अनिश्चित भएको छ ।

 

हाल नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सँग भएका जहाजहरू सिधै उडान गर्न सक्ने क्षमताका नभएका र अष्ट्रेलियाका पनि कुनै एयरलाइन्स कम्पनीले हालसम्म नेपाल उडान गर्न रुची नदेखाएकाले तत्कालको लागि सिधा उडान नहुने भएको हो ।

 

नेपाल–अस्ट्रेलिया सिधा उडान गर्नको लागि लगातार १० हजार किलोमिटर (करिब १६ घण्टा) उडान भर्नसक्ने क्षमताका जहाज चाहिन्छ । तर, हाल निगमसँग भएका ठूला जहाज (वाइड बडी) निरन्तर ५ हजार ९ सय किलोमिटर (करिब ९ घण्टा) मात्र उडान भर्ने क्षमताका भएकाले तत्कालको लागि यो सम्भव नभएको हो ।

 

निगमले निकट भविष्यमा नै सो क्षमताको जहाज खरिद गरी आफ्नो सेवा विस्तार गर्ने योजना रहेको भइपनि हाललाई सम्भव नभएको जनाएको छ ।

 

यस्तै, नेपाल सिधा उडानको लागि अस्ट्रेलियाका कुनै पनि एयरलाइन्सले हालसम्म सम्पर्क नगरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जानकारी दिएको छ ।

 

ठूलो संख्यामा नेपाली  रहेको र विद्यार्थीहरुको पनि आकर्षक गन्तव्यको रुपमा रहेको अस्ट्रेलियासंग गत सेप्टेम्बरमा हवाइ सम्झौता हुँदा उत्साह बढेको थियो । तर विना पूर्व तयारी भएको सम्झौताबाट प्रतिफल पाउन सकेको छैन ।

भ्रमण वर्षलाई सघाउन आन्तरिक पर्यटन मेला आयोजना हुने Read Previous

भ्रमण वर्षलाई सघाउन आन्तरिक पर्यटन मेला आयोजना हुने

भद्रपुर विमानस्थल पुनः सञ्चालनमा आयो Read Next

भद्रपुर विमानस्थल पुनः सञ्चालनमा आयो