३ अर्बको ऋणपत्र बिक्री गर्न सिटिजन्स बैंकले पायो अनुमति

काठमाडौं । सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँ दरले ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो ।बैंकले ‘१०% सिटिजन्स बैंक बोन्ड २०८०’ नामको ऋणपत्र बिक्रीको अनुमति पाएको हो ।

निष्काशन हुने कुल ३० लाख इकाई ऋणपत्र मध्ये १८ लाख इकाई बैंक आफैंले विभिन्न संघसंस्थाहरुलाई बिक्री गर्नेछ भने १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।

१० वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइने छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

डिशहोम फाइबर नेटले ल्यायो ‘कनेक्सनको दोब्बर उत्सव’ अफर Read Previous

डिशहोम फाइबर नेटले ल्यायो ‘कनेक्सनको दोब्बर उत्सव’ अफर

व्यवसायिक कृषिमार्फत मुहार फेर्दै शैलुङ, काठमाडौं आइपुग्छ आलु र तरकारी Read Next

व्यवसायिक कृषिमार्फत मुहार फेर्दै शैलुङ, काठमाडौं आइपुग्छ आलु र तरकारी