तीन कम्पनीको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । तीन कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । अरुण काबेली पावर, सिनर्जी पावर र मल्टीपर्पस फाइनान्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

अरुण काबेलीले भदौ ११ गतेदेखि चुक्ता पूँजीको १:१ अनुपात अर्थात् १०० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट, अरुण काबेली पावर, हिमालयन बैंक र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर प्रयोजनार्थ असार २५ गते बुकक्लोज गरेको थियो। सो अनुसार असार २४ गतेसम्म कायम सेयरधनीहरुले मात्र यस हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी त्रिपल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत सुरक्षित रहेको जनाउँदछ ।

हाल १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ।

त्यसैगरी, सिनर्जी पावरले भदौ ३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले सानिमा क्यापिटल, सानिमा बैंक, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद प्रयोजनका लागि साउन १२ गते बुकक्लोज गरेको थियो । सो अनुसार साउन ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँद छ ।

हाल ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

त्यस्तै, मल्टीपर्पस फाइनान्सले भदौ १० गतेदेखि चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी९आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सकिने छ ।

फाइनान्सले हकप्रद सेयर प्रयोजनका लागि साउन १२ गते बुकक्लोज गरेको थियो। सो अनुसार साउन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले फाइनान्सलाई ‘आइआरएन सिंगल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँद छ ।

हाल ४२ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको हकप्रदपछि ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ।

 

पाँचखालको एउटा फार्मले धान्दैछ काठमाडौंका पाँचतारे होटलको मासु र तरकारीको माग Read Previous

पाँचखालको एउटा फार्मले धान्दैछ काठमाडौंका पाँचतारे होटलको मासु र तरकारीको माग

कर्णाली सरकारले किसानलाई १७ प्रकारका अनुदान दिने Read Next

कर्णाली सरकारले किसानलाई १७ प्रकारका अनुदान दिने