सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले आज दिउँसो आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ९ लाख जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ६ लाख ५० हजार बढीको भने हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि भदौ १५ देखि १९ गतेसम्म प्रतिकित्ता २४४ रुपैयाँ (अङ्कित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँँ थपेर) दरले ९० लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/  मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री एनआइएमबी एस क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

जमुनाह नाकामा भारतीय बजार जाने उपभोक्ताको लर्को Read Previous

जमुनाह नाकामा भारतीय बजार जाने उपभोक्ताको लर्को

आइपीओ ल्याउन लागेको भिजन लुम्बिनीको सेती जलविद्युतको परीक्षण उत्पादन सुरू हुँदै Read Next

आइपीओ ल्याउन लागेको भिजन लुम्बिनीको सेती जलविद्युतको परीक्षण उत्पादन सुरू हुँदै