भोलिदेखि उपत्यकाका यी ठाउँमा तीन दिन विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भोलिदेखि लगातार तीन दिन विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले ६६ केभी स्युचाटार-टेकु लाइन तीन दिन सट डाउन गर्ने भएकाले विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।

प्राधिकरणका अनुसार ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गरिने छ । टेकु सबस्टेशन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेकाले सो लाइन सटडाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

टेकु स्युचाटार लाइन सटडाउन गर्दा कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत ६६ केभी पुल्चोक, बागमती, रिङ रोड, भैंसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरू (थापाथली, सुन्धारा र के२) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने प्राधिकरणे जनाएको छ ।

त्यस्तै, ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ। यो लाइन सट डाउन गर्दा पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने छ ।

त्यसैगरी, ६६ केभी स्युचाटार के३ सटडाउन गरिँदा कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङ रोड, भैंसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरू (थापाथली, सुन्धारा र के२) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुने प्राधिकरणले जनाएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको नाफामा सुधार, यस्तो छ वित्तीय अवस्था Read Previous

नेपाल पुनर्बीमा कम्पनीको नाफामा सुधार, यस्तो छ वित्तीय अवस्था

हेटौंडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादन कटौती, क्षमताको ४०% मात्र उत्पादन Read Next

हेटौंडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादन कटौती, क्षमताको ४०% मात्र उत्पादन