काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । गत साता ५८ अंकले घटेको नेप्से यस साताको पहिलो दिन १० अंकले बढेको हो ।
आइतबार नेप्से परिसूचक १०.२३ अंकले बढेर १९४२.६८ विन्दुमा पुगेको छ । यसदिन २७६ कम्पनीको १ अर्ब ७ करोड रुपैयाँ बराबरको ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये हाइड्रोपावर बाहेक अरु सबैको परिसूचकमा हरियाली छाएको छ । व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.६७ प्रतिशतले बढेको छ ।
आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
दोहोरो अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सूर्योदय वोमी लघुवित्त, शुभम पावर, न्यादी हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।