काठमाडौं । प्रभु बैंकको संस्थापक समूहको (प्रमोटर) सेयर लिलामीमा आएको छ । बैंकका विद्यमान १५ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १४ लाख १६ हजार ७६३ कित्ता सेयर आजदेखि लिलामीमा आएको हो ।
बैंकका अनुसार बिनिता अधिकारीले ८ लाख ७५ हजार ८७० कित्ता, बिन्दुकुमार थापा १ लाख ८ हजार ६५५ कित्ता, विश्व्नाथ कँडेल ५८ हजार ५५९ कित्ता, बोधप्रसाद त्रिपाठी ५८ हजार ६८४ कित्ता, ध्रुवचन्द्र धिताल ४२ हजार ७४१ कित्ता सेयर लिलामी मार्फत बेच्न लागेका हुन् ।
त्यसैगरी, ईश्वरकुमार श्रेष्ठ ३५ हजार कित्ता, कविता पोखरेल ५० हजार ६३७ कित्ता, मनोजमान शाक्य र तुल्सीप्रसाद श्रेष्ठ समान ३४ हजार ५८५ कित्ता, शान्ति सुल्प्या २४ हजार ७०३ कित्ता, जानुका खड्का २७ हजार कित्ता, विनु श्रेष्ठ ३२ हजार ५१४ कित्ता सेयर बेच्न लागेका हुन् ।
बैंकको प्रमोटर सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आफूले लिन चाहेको सेयर संख्या र मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।
बैंकको सेयर खरिद गर्न इन्छुक संस्थापकले (भदौ २२ गते) देखि ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जनाएको छ ।