एक दिन पनि टिकेन नेप्सेको हरियाली, कारोबार तीन महिना यताकै कम

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । आइतबार एकैदिन २९ अंकले घटेर सोमबार ७ अंकले बढेको नेप्से आज फेरि ६ अंकले घटेको हो ।

मंगलबार नेप्से परिसूचक ६.४५ अंकले घटेर १९६१.३७ विन्दुमा आइपुगेको छ । यसदिन २७७ कम्पनीको २४ लाख ८० हजार ९२९ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम ३० करोडले घटेर ७९ करोडमा सीमित भएको छ । यो पछिल्लो तीन महिना यताकै कम हो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये व्यापार र उत्पादनमूलक समूह बाहेक अरु सबैको परिसूचक घटेको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.७९ प्रतिशतले घटेको छ ।

आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एनएमबी माइक्रोफाइनान्स र नेरुडे लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए Read Previous

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए

३ महिनाको माग धान्ने खाद्यान्न मौज्दात, खाना पकाउने ग्यास १५ दिनलाई पुग्ने Read Next

३ महिनाको माग धान्ने खाद्यान्न मौज्दात, खाना पकाउने ग्यास १५ दिनलाई पुग्ने