सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधरणका लागि प्रिमियम मूल्यमा बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँ दरले ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ ।

कलगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर त्रिपल बी’ रेटिङ दिएको छ । यसले इन्स्योरेन्सको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम रुपमा सुरक्षित रहेको जनाउँद छ ।

मालढुङ्गा-बेनी सडक : ठेक्का म्याद सकिँदा ४० प्रतिशत मात्रै काम पूरा Read Previous

मालढुङ्गा-बेनी सडक : ठेक्का म्याद सकिँदा ४० प्रतिशत मात्रै काम पूरा

भिजन लुम्बिनी ऊर्जाको आइपीओ खुल्यो, ३.८० लाख कित्तासम्म भर्न पाइने Read Next

भिजन लुम्बिनी ऊर्जाको आइपीओ खुल्यो, ३.८० लाख कित्तासम्म भर्न पाइने