नेप्सेमा कमब्याक, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा सुधार आएको छ । आइतबार एकैदिन २९ अंकले घटेको नेप्से आज ७ अंकले बढेको हो ।

सोमबार नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको छ । यसदिन २७० कम्पनीको १ अर्ब ९ करोड रुपैयाँ बराबरको ३४ लाख ३२ हजार २६७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये फाइनान्स बाहेक अरु सबैको परिसूचकमा हरियाली छाएको छ । व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.०६ प्रतिशतले बढेको छ ।

आज आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

सामान्य अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । थ्रीस्टार हाइड्रोपावरका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, दोल्ती पावर, ग्रीन भेन्चर, रुरु जलविद्युत् र आशा लघुवित्तका सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

झिलिमिली बन्दै सडक, ११ हजार स्मार्ट स्ट्रिट लाइट जडान Read Previous

झिलिमिली बन्दै सडक, ११ हजार स्मार्ट स्ट्रिट लाइट जडान

चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय गाडी, विभिन्न रुटमा ४६ बस संचालन Read Next

चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय गाडी, विभिन्न रुटमा ४६ बस संचालन