कुमारी बैंकको पौने ४ लाख कित्ता सेयर लिलामीमा आयो

काठमाडौं । कुमारी बैंकको संस्थापक समूहको (प्रमोटर) सेयर लिलामीमा आएको छ । बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ३ लाख ७९ हजार ७९५ कित्ता सेयर आजदेखि लिलामीमा ल्याएको हो ।

बैंकको प्रमोटर सेयर किन्न इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

बैंकको सेयर खरिद गर्न इन्छुक संस्थापकले (भदौ १७ गते) देखि ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्सालमा निवेदन दिनुपर्नेछ ।

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैं अघि नै सञ्चालनमा आउँदै Read Previous

नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैं अघि नै सञ्चालनमा आउँदै

विश्व बजारमा कच्चा तेलको मूल्य १० महिना यताकै महँगो, नेपालमा अझै बढ्ने Read Next

विश्व बजारमा कच्चा तेलको मूल्य १० महिना यताकै महँगो, नेपालमा अझै बढ्ने