आज काठमाडौंका यी सडकमा सवारी साधन चलाउन नपाइने

काठमाडौं । आज र भोलि काठमाडौंका १ दर्जन बढी सडकमा सवारीसाधन चलाउन नपाइने भएको छ ।

आज गाईजात्रा र भोलि नेपाल संम्वत् ११४३ गुँलागा दुतिया मनाउने भएकाले काठमाडौं महानगरपालिकाले यी दुई दिन काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गरेको हो ।

महानगरका अनुसार असन–केलटोल–इन्द्रचोक मखन–हुमानढोका दरबार परिसुर– मरु टोल– चिकँमुगल–जैशिदेवल ज्याबहाल–लगन चोक–गोफल–ब्रम्हटोल–वन्डे– ह्युमत–जैशिदेबल–कोहिटि–भिमसेनस्थान–मरुटोल लगायत रुटमा सवारी साधन प्रवेश निषेध गरिएको छ ।

सांस्कृतिक पर्वका बेला ठूलो संख्यामा मानिसको आवतजावत हुँदा भीड हुने भएकाले महानगरले ती रुटमा सवारीसाधन चलाउन रोक लगाएको हो ।

पोखरामा तार भूमिगतको काम अति सुस्त, म्याद सकिन लाग्दा ५% भन्दा कम प्रगति Read Previous

पोखरामा तार भूमिगतको काम अति सुस्त, म्याद सकिन लाग्दा ५% भन्दा कम प्रगति

देशको अर्थतन्त्र जटिल मोडमा पुगेको छ, सबै एकै ठाउँमा आउनुको विकल्प छैन : अध्यक्ष ढकाल Read Next

देशको अर्थतन्त्र जटिल मोडमा पुगेको छ, सबै एकै ठाउँमा आउनुको विकल्प छैन : अध्यक्ष ढकाल