भगवती हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ ५ गतेदेखि आम सर्वसाधरणका लागि प्रिमियम मूल्यमा बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ११६ रुपैयाँ दरले ७ लाख १२ हजार २२० कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी त्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ।

आर्थिक अपराधका घटना दिनदिनै बढ्दै, अपराधीले बदल्न थाले स्वरूप Read Previous

आर्थिक अपराधका घटना दिनदिनै बढ्दै, अपराधीले बदल्न थाले स्वरूप

सडक हिलाम्ये भएपछि चीनबाट ल्याएका ४०० बढी विद्युतीय सवारी टिमुरेमै रोकिए Read Next

सडक हिलाम्ये भएपछि चीनबाट ल्याएका ४०० बढी विद्युतीय सवारी टिमुरेमै रोकिए