नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । यस साता सुरुका दुईदिनमा ३५ अंकले घटेको नेप्से आज दोहोरो अंकले फर्केको हो ।

मंगलबार नेप्से परिसूचक १७.६९ अंकले बढेर २०१५.९८ विन्दुमा पुगेको छ । यसदिन २७७ कम्पनीको १ अर्ब ३३ करोड रुपैयाँ बराबरको ६० लाख ३१ हजार ३५६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै २.२१ प्रतिशतले बढेको छ ।

आज कुमारी बैंकको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको साढे २८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्स ५ करोड र शिवम् सिमेन्ट साढे ४ करोड बढीको कारोबार हुँदै शिर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, इङवा हाइड्रोपावर, माइखोला हाइड्रोपावर, मकर जितुमाया र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

प्रसारण लाइन निर्माणमा चरम ढिला सुस्ती, ७४ किमी बनाउन १३ वर्ष लाग्यो Read Previous

प्रसारण लाइन निर्माणमा चरम ढिला सुस्ती, ७४ किमी बनाउन १३ वर्ष लाग्यो

बेनी-जोमसोम सडकखण्डको ५५ बढी ठाउँमा पहिरो, वैकल्पिक मार्गको माग Read Next

बेनी-जोमसोम सडकखण्डको ५५ बढी ठाउँमा पहिरो, वैकल्पिक मार्गको माग