काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा जग्गाको कित्ताकाट घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा गत वैशाखयताकै न्यून कित्ताकाट भएको हो ।
असारमा ४२ हजार हजार जग्गाको कित्ताकाट गरेर १ लाख टुक्रा पारिएकोमा साउनमा ३५ हजार कित्ता जमिनलाई ७७ हजार टुक्रा बनाइएको छ । यद्यपि, गत वर्षको साउनको तुलनामा चालु साउनमा भएको जग्गाको कित्ताकाट चारगुणाले बढीले बढी हो । गत वर्षको पहिलो साउनमा ८ हजार कित्ता जमिनलाई टुक्राएर १५ हजार पारिएको थियो ।
भूउपयोग नियमावलीका कारण कित्ताकाट खुला नहुनु, वित्तीय प्रणालीमा तरलता भए पनि महंगो ब्याज, कारोबारमा सुस्तता लगायत समग्र अर्थतन्त्रमा देखिएको असर घरजग्गाा व्यवसायमा देखिएको छ । यद्यपि, सरकारले साउन अन्तिमसातादेखि भूउपयोग नियमावली संशोधन गरेर कित्ताकाट खुला गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीति मार्फत घर जग्गा र आवासीय क्षेत्रमा प्रवाह गरिने कर्जाको जोखिमभार घटाएको छ । जसको कारणलले गत वर्षको अघिल्ला महिनाको तुलनामा बढ्ेको देखिन्छ । यद्यपि, कर्जा लगानीमा राष्ट्र बैंकले केही नीगित कडाइ कायमै राखेको छ ।
अघिल्लो वर्षको जेठमा भूउपयोग नियमावली कार्यान्वयनमा आएदेखि सुस्ताएको कित्ताकाका कारण घरजग्गा वयवसायमै मन्दी देखिएको थियो । गत चैतयता भने कारोबार र कित्ताकाट विस्तारै लयमा फर्किदै आएको छ ।
चालु साउनमा कित्ताकाट घटेसँगै कारोबार पनि पछिल्लो सात महिना यताकै न्यू भएको विभागले जनाएको छ । यो महिना ३९ हजार घरजग्गा किनबेच भएको छ भने कुल कारोबार १ लाख १९ हजारमा सीमित भएको छ ।
कारोबार घट्दा सरकारले प्रापत गर्ने राजस्वमा समेत गिरावट आएको छ । साउनमा घरजग्गाा कारोबार वापत २ अर्ब ९१ करोड राजस्व प्राप्त भएको छ । जबकि असारमा ४ अर्ब २७ करोड रुपैयाँ संकलन भएको थियो ।
यी हुन सर्वाधिक कित्ताकाट हुने ठाउँ
विभागका अनुसार साउनमा सर्वाधिक कित्ताकाट उपत्यका र तराईका जिल्लामा सर्वाधिक कित्ताकाट भएको छ । मालपोत कार्यालय सुनसरीको इनरुवाबाट यो महिना २ हजार ७३ जग्गाको कित्ताकाट भएर ४ हजार ८०४ टुक्रा पारिएको छ ।
मालपोत कार्यालय झापाको भद्रपुर मालपोतबाट १९०१ कित्ता जग्गालाई ३९५५ कित्ताकाट, बेलवारी मोरङबाट १४४६ कित्तालाई ३७२९, मालपोत कार्यालय धनगढीबाट १५५८ कित्तालाई ३०८८ टुक्रा पारिएको छ ।
यस्तै, बाँकेको नेपालगञ्ज मालपोत कार्यालयबाट १३५८ कित्ता जग्गाा कित्ताकाट गरेर २८८५ टुक्रा, जनकपुर ४७० कित्तालाई ११५६, हरिबन सर्लाहीबाट ५१७ कित्तालाई ११२८, काभे्रपलाञ्चोकबाट ८२६ कित्ता जग्गा कित्ताकाट गरी २०२५ टुक्रा बनाइएको छ ।
यसैगरी, काठमाडौं उपत्यकाका मालापोतका कार्यालयहरुबाट क्रमशः ललितपुरको लगनखेलबाट ८३९ कित्तालाई २०४७, भक्तपुरबाट ७१९ कित्तालाई १६०७, मालपोत कार्यालय कलंकीबाट ४७५ कित्तालाई ११००, साँखुबाट ३७३ कित्तालाई ९०४, मनमैजुबाट ३७१ कित्तालाई ७५१ टुक्रा पारिएको छ ।