काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबार २२ अंकले घटेको नेप्से आज पनि दोहोरो अंकले घटेको छ ।
सोमबार नेप्से परिसूचक १२.९३ अंकले घटेर १९९८.२८ विन्दुमा आइपुगेको छ । यसदिन २७१कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ बराबरको ४१ लाख ६३ हजार ८७२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर उपसमूहको परिसूचक सबैभन्दा धेरै १.४० प्रतिशतले घटेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
दोहोरो अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर र लक्ष्मी लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।