सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३२ गतेदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँ दरले ७६ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी९आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। आइपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘केयरएनपी त्रिपल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न क्षमता मध्यम सुरक्षित रहेको छ ।

पुलचोक-गोन्द्राङ ६ लेन सडक निमार्ण ७० प्रतिशत सकियो Read Previous

पुलचोक-गोन्द्राङ ६ लेन सडक निमार्ण ७० प्रतिशत सकियो

बजेट अभावले महाकाली पुल निर्माण प्रभावित, गत वर्षकै २२ करोड भुक्तानी बाँकी Read Next

बजेट अभावले महाकाली पुल निर्माण प्रभावित, गत वर्षकै २२ करोड भुक्तानी बाँकी