रेमिट्यान्स आप्रवाहमा कीर्तिमान, गत वर्ष भित्रियो सवा १२ खर्ब

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाहले कीर्तिमानी रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंक्ले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा कुल १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

यो कुनै पनि वर्षमा भित्रिएको रेमिट्यान्समा इतिहासकै धेरै हो । अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले बढेको हो । अघिल्लो आव २०७८/७९ मा कुल १० खर्ब ७ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको थियो ।

गत वर्ष औसतमा हरेक महिना १ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । देशमा रोजगारीको अवसर नपाएर विदेशिने युवाको संख्या बढेसँगै रेमिट्यान्स आप्रवाहमा कीर्तिमानी रेकर्ड राखेको हो । गत वर्ष पौने ८ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् ।

गत वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३
प्रतिशतलेवृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ ।

थप ५ ब्रोकरले पाए लाइसेन्स Read Previous

थप ५ ब्रोकरले पाए लाइसेन्स

डलर संचिति २२ महिना यताकै धेरै, एक महिनामै थपियो ४३ करोड डलर Read Next

डलर संचिति २२ महिना यताकै धेरै, एक महिनामै थपियो ४३ करोड डलर