हवाई उडानमा थप कडाइ, दिउँसो १२ बजेपछिको प्रतिबन्ध भने हट्‍यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन थप कडाइ गरेको छ।

क्यानले बिहीबार ४ बुँदे निर्णय गर्दै हिमाली तथा पहाडी क्षेत्रमा हुने हवाइ उडानमा थप कडाइ गरेको हो । प्राधिकरणले दुर्गम तथा हिमाली भेगका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व हवाई मार्ग, गन्तव्य विमानस्थल र वैकल्पिक विमानस्थलको मौसम जहाज उडान/अवतरणका लागि उपयुक्त भएको हुनुपर्ने जनाएको छ ।

यस्तै, नेपालगञ्ज विमानस्थलबाट स्टोल विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले विमानस्थलमा अनिवार्य फ्लाई अपरेसन अफिसरको व्यवस्था गर्नुपर्ने तथा उडान सञ्चालन सम्बन्धि सम्पूर्ण कार्य अफिसर मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ।

यसैगरी, प्राधिकरणले दुर्गम क्षेत्रमा हुने हवाई उडानमा लगाएको दिउँसो १२ बजेको प्रतिबन्ध हटाएको छ । नेपालमा हुने हवाई दुर्घटना मौसम खराबीका कारण हुने गरेको भन्दै प्राधिकरणले मनसुन अवधिभर बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उडान समय तोकेको थियो ।

मौसम सफा रहे पनि उडान हुन नसक्दा कर्णालीमा बिरामी र सुत्केरीको ज्यान जान थालेको भन्दै विरोध भएपछि प्राधिकरणले सो व्यवस्थामा लचकता अपनाएको हो ।

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह Read Previous

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

माथिल्लो मैलुङ खोलाको आइपीओ भर्ने म्याद फेरि थप Read Next

माथिल्लो मैलुङ खोलाको आइपीओ भर्ने म्याद फेरि थप