काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ को विन्दुमा झरेको हो । यसदिन कारोबारमा आएका २६९ कम्पनी मध्ये ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८५ को घटेको छ ।
आज ४५ हजार पटकको सेयर कारोबारमा ४८ हजार बढी कित्ता बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । यसदिन १ अर्ब ६७ करोड ९९ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै हिमालय डिष्ट्रिलरीको ८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दोस्रोमा शिवम् सिमेन्टको ७ करोड रुपैयाँ बढी, आइएमई लाइफको ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
दोहोरो अंकले घटेको बजारमा सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८.०६ प्रतिशतले गुमाएका छन् । दोस्रोमा स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतले नै घटेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.८९ प्रतिशतले गुमाएका छन् ।
सनराइज फोकस इक्विटीका लगानीकर्ताले ४ प्रतिशतले कमाएका छन् । यसैगरी, बलेफि हाइड्रोपावर र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३ प्रतिशत बढीले बढेको छ ।