काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत बुधबारदेखि सम्हालिएको नेप्से सोमबारदेखि फेरि लगातार घट्न थालेको हो ।
मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा आइपुगेको छ । यसदिन २७८ कम्पनीको सेयर कारोबार भएको छ ।
सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६ करोडले बढेर २ अर्ब १५ करोड पुगेको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै ४.२६ प्रतिशतले घटेको छ ।
आज हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे २० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
उच्च अंकले घटेको बजारमा आज हिमालयन डिष्टिलरीका सेयरधनीले सर्वाधिक ७.६९ प्रतिशत गुमाएका छन् । त्यसैगरी, थ्रीस्टार हाइड्रोपावर, मोलुङ हाइड्रोपावर र इन्फिनिटी लघुवित्तका सेयरधनीले ६ प्रतिशत गुमाएका छन् ।