भदौ ५ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै भगवती हाइड्रोपावर

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि प्रिमियममा प्राथमिक साधारण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले दोस्रो चरणमा आम सर्वसाधरणका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ११६ रुपैयाँ दरले ७ लाख १२ हजार २२० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सो आइपीओमा भदौ ८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मात्र ढिलोमा भदौ १९ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी त्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ।

निर्माण व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन Read Previous

निर्माण व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

नबिल बैंकले घर किन्न २० वर्षका लागि ऋण दिने, ब्याजदर कति ? Read Next

नबिल बैंकले घर किन्न २० वर्षका लागि ऋण दिने, ब्याजदर कति ?