साढे ३ करोड नाफा खाएर पहिलो दिनमै २९ हजारले बेचे घोराहीको आइपीओ

काठमाडौं । कारोबारमा आएको पहिलो दिनमै घाराही सिमेन्टको साढे ५ प्रतिशत प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री भएको छ ।

विवादकै बीच आइपीओ जारी गरी नेप्सेमा सूचीकृत भई आइतबारदेखि कारोबारमा आएको घोराहीको पहिलो दिनमै ४ लाख ४६ हजार ६८७ कित्ता सेयर कारोबार भएको हो । उक्त सेयर कुल २९ हजार ११३ पटक किनबेच भएको हो । अधिकांश कारोबार १० कित्ताका दरले भएको छ भने केही कारोबार ३५० बढी कित्ताका दरले पनि भएको छ ।

नेप्सेका अनुसार आज घोराहीको २३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । प्रतिकित्ता ५६५.५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य बढेर ५८१.४० रुपैयाँसम्म पुगेको थियो । तर बिक्री चाप बढेपछि सेयर मूल्यमा नेगेटिभ सर्किट अर्थात् १० प्रतिशतले घट्दै ५०९ रुपैयाँमा झरेको छ ।

पहिलो दिनमा भएको सेयर कारोबारबाट लगानीकर्ताले झन्डै साढे ३ करोड रुपैयाँ नाफा कमाएका छन् । प्रतिकित्ता ४३५ रुपैयाँमा प्रिमियममा आइपीओ किनेका लगानीकर्तालाई ४ लाख ४६ हजार कित्ता सेयर बेच्दा ३ करोड ७२ लाख रुपैयाँ नाफा हुन्छ । त्यसमा पूँजीगत लाभाकर घटाउँदा आज सेयर बेच्नेले कुल ३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

कम्पनीको नेप्सेमा साधरणतर्फ कुल ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर सूचीकृत छ । सोमध्ये पहिलो दिनमै ४ लाख ४६ हजार कित्ता कारोबारमा आएको हो । स्थानीयको लकिङ रहे पनि सर्वसाधरण र म्युचुअल फण्डले आज सेयर बेचेका हुन् । यद्यपि, स्थानीले कम्पनीको आइपीओ बहिष्कार गरेकाले न्यून मात्रले आवेदन दिएका थिए ।

कम्पनीले जेठ ३२ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ प्रिमियम थपेर) दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्रीमा ल्याएको थियो । आइपीओ अघि कम्पनीले रेटिङ र वित्तीय विवरण लगानीकर्तालाई झुक्याउन झुटो सार्वजनिक गरेको भन्दै चौतर्फी आलोचना भएको थियो । सेयर बिक्रीमा ल्याएपछि पनि अत्याधिक फर्जी आवेदन परेपछि आइपीओ प्रक्रिया नै ३ हप्ता स्थगन भएको थियो ।

अब विदेशबाट फर्कने यात्रुले बढी सामान ल्याए भन्सार तिरेर लैजान पाउने, स्वः घोषणा कक्ष संचालनमा Read Previous

अब विदेशबाट फर्कने यात्रुले बढी सामान ल्याए भन्सार तिरेर लैजान पाउने, स्वः घोषणा कक्ष संचालनमा

व्यक्तिगत फाइदाका लागि भन्सार कर्मचारीले बार्गेनिङ गर्नु हुँदैन : अर्थमन्त्री Read Next

व्यक्तिगत फाइदाका लागि भन्सार कर्मचारीले बार्गेनिङ गर्नु हुँदैन : अर्थमन्त्री