काठमाडौं । पछिल्लो समय देशका विभिन्न भागमा सहासिक पर्यटक आकर्षणका लागि साेही अनुसारका संरचना बन्ने क्रम बढ्दाे छ ।
देशका मुख्य पर्यटकीय गन्तव्यहरूमा प्याराग्लाइडिङ, बन्जिजम्प, स्काइ वाक, स्काइ साइक्लिङ लगायत साहसिक पर्यटकी गतिविधिका लागि संरचना बन्नथालेका हुन् ।
यी हिल स्टेसनमा आकर्षक संरचना बनेकै कारण पनि पर्यटनको गतिविधि बढेकाे देखिन्छ । प्यमराग्लाइडिङ, बन्जिजम्प लगायत साहसिक गतिविधि राेजाइमै पर्न थालेका छन् ।
यदि तपाई प्याराग्लाइडिङ गर्ने साेचमा हुनुहुन्छ भने त्यसका लागि आकर्षक र मुख्य गन्तव्य पाेखरा, चितवन र सिन्धुली रहेका छन् । पाेखरामा पहिलेदेखि नै प्याराग्लाइडिङ सञ्चालनमा आएकाे थियाे भने चितवन र सिन्धुलीमा भर्खरै व्यवसायीक उडान सुरू गरिएकाे छ ।
यी हुन नेपालका मुख्य प्याराग्लाइडिङ गन्तव्य
२ लगानीमा सिन्धुलीमा प्यारग्लाइडिङ
सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो । वैशाख १२ गते पहिलो पटक परीक्षण उडान सफल भएको थियो ।
कमलामाई नगगरपालिका–६ लक्ष्मण चोक नजिकै रहेको प्रयास होटल प्रालिले र रु दुई करोडको लगानीमा व्यावसायिक प्याराग्लाडिङ सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक नेत्रजङ्ग थापाले बताए ।
कम्पनीले एकै समयमा पाँच वटासम्म प्याराग्लाइडिङ गर्ने गरी नागरिक उड्डयन प्राधिकरणसँग इजाजत पाएको छ । पाइलट दिलकुमार सुनुवार, विक्रम सुनुवार र शङ्कर थापा मगरले उडान भर्ने छन् । प्याराग्लाइडिङ गर्नका प्रतिव्यक्ति रु छ हजार पाँच सय शुल्क तोकिएको छ । जिल्लाका स्थानीयवासीलाई भने एक महिनासम्मका लागि रु एक हजार छुट गरिएको छ ।
प्याराग्लाइडिङको अवधिभरको फोटो तथा भिडियो, सिन्धुलीमाढी बजार क्षेत्रदेखि प्याराग्लाइडिङ उड्ने ठाउँसम्म र ल्यान्डिङ स्टेशनदेखि प्रयास होटलसम्मको ल्याउने र पुर्याउने सुविधासमेत यसै शुल्कअन्तर्गत रहेको कम्पनीका सञ्चालक थापाको भनाइ छ ।
प्याराग्लाइडिङ अवतरणका लागि जर्सेदमार, रातमाटा र खुलामञ्चलाई ल्यान्डिङ स्टेशन बनाइएको छ । प्याराग्लाइडिङको टेक अफ साइट समुद्री सतहबाट नौ सय ७० मिटर उचाइमा छ । प्याराग्लाइडिङ टेक अफ साइटबाट करिब एक हजार मिटर माथिसम्म उड्नेछ । यस्तै प्याराग्लाइडिङको ल्यान्डिङ स्टेशन समुद्री सतहबाट चार सय मिटरको उचाइमा छ ।
यहाँ साहसिक खेलका रूपमा लिइने प्याराग्लाडिङको मज्जा लिन आउने पर्यटकले जिल्लाको प्राकृतिक सौन्दर्य, मनोरम वातावरण, होचाअग्ला डाँडापाखा र थुम्काथुम्कीका लोभलाग्दा दृश्य देख्न सक्नेछन् । यसले सिन्धुलीको प्रचारप्रचार तथा समृद्ध जिल्ला बनाउन सहयोग पुग्ने पनि विश्वास लिइएको छ ।
चितवन
गत वैशाखदेखि चितवनमा पनि व्यवसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएकाे छ । हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङ प्रालिले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएकाे हाे ।
वैशाख १ गतेबाट भरतपुर–२९ चौकीडाँडाबाट सुरु भएको सुरू भएकाे थियाे ।
कम्पनीका अनुसार करिब ३० मिनेटको प्याराग्लाइडिङका लागि अहिले छ हजार शुल्क तोकिएको छ । अहिले चितवनकाे चौकीडाँडा विशेष पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न कम्पनी लागिपरेको भन्दै छिट्टै बम्जीजम्प, होटल, हिल स्टेशनको रूपमा विकास भइरहेकाे छ ।
देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा स्वदेशी तथा विदेशी पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी, हात्ती सफारी, डुङ्गा शयरका लागि सौराहा, पटिहानी र मेघौली आउने गरेका छन् ।
पाेखरा
पाेखरा नेपालकाे पर्यटकीय प्रमुख गन्तव्य हाे । यहाँ विभिन्न देशका पर्यटकहरू आउने गरेका छन् । यसका साथै पर्यटन आकर्ष गर्ने साहसिक गतिविधिहरू पनि प्रसस्त छन् ।
यहाँ पर्यटकले बन्जि, केबलकारदेखि प्याराग्लाइडिङकाे समेत पर्यटकहरूले मजा लिन सक्नेछन् ।
अहिले पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा बढी सञ्चालनमा छन् । त्यसैगरी ३७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा २५० जनाले उडान गरिरहेका छन् ।
पोखराको प्याराग्लाइडिङमा रू १ अर्ब बराबरको लगानी रहेको बताइएको छ । सराङकोटको १ हजार ४५० मिटर उचाइबाट करिब ७ हजार फिटको क्यापमा र मान्द्रेढुङ्ङगाबाट १ हजार ७४० मिटर उचाइबाट ६ हजार फिट क्यापमा प्याराग्लाइडिङकाे उडान हुने गरेकाे छ ।