काठमाडौं । चालू आर्थिक वर्षको कात्तिकसम्ममा वैदेशिक लगानीमा १ सय ३ वटा नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार कात्तिक २७ गतेसम्ममा कूल १७ अर्ब १ करोड लगानी प्रतिवद्धता आएको हो । उक्त उद्योगहरु सञ्चालनमा आएपछि ५ हजार ८ सय ७५ जनाले रोजगार पाउने छन् ।
सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानी प्रतिवद्धता आएको छ । पर्यटनमा ४६ उद्योग दर्ता भएका छन् । उक्त उद्योगहरुमा ६ अर्ब ८५ करोड लगानी प्रतिवद्धता आएको हो । सो उद्योगहरु सञ्चालनमा आए पश्चात् १ हजार ८ सय ८९ जनाले रोजगारीको अवसर पाउनेछन् ।
यस्तै दोस्रोमा सेवामूलक क्षेत्रमा लगानी प्रतिवद्धता आएको छ । सेवामूलकमा ६ अर्ब ४० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको हो । उक्त लगानीमा ३२ उद्योग दर्ता भएका छन् । सो उद्योग सञ्चालनमा आएाापछि २ हजार बढीका लागि रोजगार सृजना हुनेछ ।
यस्तै सूचना तथा प्रविधि क्षेत्रमा २ अर्ब ६० करोड लगानी प्रतिवद्धता आएको छ । सो लगानीमा १५ उद्योग दर्ता भएका छन् । उक्त उद्योग सञ्चालनपछि १ हजार ५ सय ३७ जनाले रोजगार पाउनेछन् ।
उत्पादनमूलक क्षेत्रमा १ अर्ब ९ करोड लगानी प्रतिवद्धता आएको छ । सो लगानीमा ९ उद्योग दर्ता भएका हुन् । उक्त उद्योगहरु सञ्चालनमा आएपश्चात ४ सय १० जनाले रोजगार पाउने छन् ।
यस्तै सबैभन्दा कम लगानी प्रतिवद्धता कृषि आएको छ । कृषिमा हालसम्म एउटा उद्योगका लागि मात्र लगानी प्रतिवद्धता आएको हो । कृषिमा ५० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।
कुन देशको कति लगानी प्रतिवद्धता
चालू आवको कात्तिक महिनासम्ममा सबैभन्दा धेरै लगानी प्रतिवद्धता चीनले गरेको छ । चीनले हालसम्म १३ अर्ब लगानी प्रतिवद्धता जनाएको छ । सो लगानीमा ८९ वटा नयाँ उद्योग दर्ता भएका हुन् ।
भारतले हालसम्म ३ अर्ब २५ करोड लगानी प्रतिवद्धता जनाएको छ । सो लगानीमा ५ वटा उद्योग दर्ता भएका छन् । यस्तै, यस अवधिमा अष्ट्रेलीयाले ५० करोड रुपैयाँ लगानी प्रतिवद्धता जनाएको छ । अष्ट्रेलीयाले सूचना तथा प्रविधिमा सो लगानी लगर्ने प्रतिवद्धता जनाएको हो । उक्त लगानीमा कम्पनी सञ्चालन भएपछि १ सय १५ जनाले रोजगार पाउने छन् ।
बंगलादेशले १ अर्ब ५० करोड लगानी प्रतिवद्धता देखाएको छ । उक्त लगानीमा उत्पादनमूलक उद्योग सञ्चालनमा ल्याउने प्रतिवद्धता देखाइएको छ । सो उक्त सञ्चालनमा आएपछि ३१ जनाले रोजगार पाउनेछन् ।
जापानले हालसम्म १ अर्ब ५० करोड रुपैयाँ लगानी प्रतिवद्धता देखाएको छ । सो लगानी मार्फत २ वटा उद्योग दर्ता हुने भएका छन् । मलेसियाले ५९ करोड लगानी प्रतिवद्धता जनाएको छ । उक्त लगानीमा मलेसियाएले एउटा मात्र उद्योग दर्ता गरेको हो ।
पाकिस्तानले १ अर्ब लगानी प्रतिवद्धता देखाएको छ । उक्त लगानीमा २ वटा उद्योग दर्ता भएका हुन् । सो उद्योग सञ्चालनपछि १ सय ५ जनाले रोजगार पाउने छन् ।
बेलायतले २ अर्ब ५० करोड लगानी प्रतिवद्धता जनाएको छ । उक्त लगानीमा बेलायतले २ वटा उद्योग सञ्चालनमा ल्याउन लागेको हो । यो उद्योग सुञ्चालन भएपछि ४१ ले रोजगार पाउने छन् ।