काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप ३ नयाँ धितोपत्र दलाल (स्टक ब्रोकर) कम्पनीलाई सदस्यता नम्बर प्रदान गरेको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाई नेप्सेमा आवेदन दिएका थप ३ कम्पनीलाई नेप्सेले सदस्यता नम्बर प्रदान गरेको हो ।
नेप्सले ती ब्रोकरहरुलाई कारोबारका लागि सदस्यता नम्बर (ब्रोकर नं) प्रदान गरेको हो । नेप्सेका अनुसार मेगा स्टक मार्केट लिमिटेड (ब्रोकर नं. ७५), माछापुच्छ्रे सेक्युरिटिज (ब्रोकर नं. ७६) र नबिल सेक्युरिटिजले (ब्रोकर नं. ७७)को सदस्यात नम्बर पाएका छन् ।
नेप्सेबाट सदस्यता पाउने यी तीनै ब्रोकर कम्पनी वाणिज्य बैंकका सहायक कम्पनी हुन् ।नेप्सेले यसअघि दुई चरणमा १४ वटा नयाँ ब्रोकर कम्पनीलाई सदस्यता नम्बर प्रदान गरिसकेका छ ।