अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधरणका लागि साउन १८ गतेदेखि बिक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँदरले १९ करोड ५३ लाख २७ हजार ९०० रुपैयाँ बराबरको १९ लाख ५३ हजार २७९ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनको शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ।

एमसीसी भदौदेखि कार्यान्वयन गर्ने तयारी, ९ अर्ब लागत बढ्ने अनुमान Read Previous

एमसीसी भदौदेखि कार्यान्वयन गर्ने तयारी, ९ अर्ब लागत बढ्ने अनुमान

नागढुंगा-नौविसे सुरुङमार्गको रेस्क्यू टनेल आज 'ब्रेक थ्रु’ हुँदै Read Next

नागढुंगा-नौविसे सुरुङमार्गको रेस्क्यू टनेल आज 'ब्रेक थ्रु’ हुँदै