काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले साउन २९ गतेदेखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीय बासिन्दाका लागि अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २२५ रुपैयाँ दरले १५ लाख ३७ हजार ५२५ कित्ता सयर निष्काशन गर्ने भएको छ ।
यसैगरी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीम रहेका नेपालीक लागि प्रतिकित्ता २३७.५८ रुपैयाँ (१३७.५८ रुपैयाँ प्रिमियम थपेर) १० लाख ७६ हजार २६८ कित्ता सेयर निष्काशन गर्न लागेको छ ।
कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेकाले १० कित्तादेखि १० लाख ७६ हजार २६८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आइपीओमा लगानीकर्ताले भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर नबिकेमा स्थानीयले मात्र ढिलोमा भदौ २६ गतेसम्म आवेदन दिन पाउने छन् ।
स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन ट्रिपल बी माइनस इस्यूअर’ रेटिङ दिएको गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।