१५ प्रतिशत लाभांश दिएको लघुवित्तको प्रतिकित्ता सेयर मूल्य जम्मा ६५ रुपैयाँ !

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

लघुवित्तले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १४.२५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि लघुवित्तको नयाँ सेयर मूल्य ६५.५६ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा आइतबार कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ। २०७७ भदौमा आइपीओ जारी गरी नेप्सेमा सूचीकृत भएको लघुवित्तको लामो सयम सेयर कारोबार रोक्का भएको थियो । ३ वर्षपछि गत असारदेखि कारोबार फुकुवा भए पनि लघुवित्तको सेयर कारोबार हुन सकेको छैन ।

अंकित मूल्यभन्दा कममा कारोबार खुलेकाले सेयरधनीले लघुवित्तको सेयर बिक्री गर्न चाहेका छैनन् । प्रतिकित्ता ७२.१ रुपैयाँ कारोबार सुरु भएको समाजको हालसम्म जम्मा ५१ कित्ता सेयर कारोबार भएको छ भने सेयर मूल्य ७४.९० रुपैयाँ पुगेको थियो । गत वर्षको बोनसपछि मूल्य समायोजन हुँदा लघुवित्तको सेयर मूल्य ६५ रुपैयाँमा झरेको हो । अहिले नेप्सेमा सूचीकृत लघुवित्तहरुको सेयर मूल्य ५०० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म रहेको छ ।

लघुवित्तले गत वर्ष कुल १५ प्रतिशत (बोनस १४.२५ र नगद ०.७५ प्रतिशत)लाभांश दिएको थियो । बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी २ करोड २८ लाख रुपैयँँ पुगेको छ ।

 

महोत्तरीमा भन्सार छलेर ल्याइयो साढे ७ करोडको सामान, २२० वटा सवारीसाधन Read Previous

महोत्तरीमा भन्सार छलेर ल्याइयो साढे ७ करोडको सामान, २२० वटा सवारीसाधन

साउदी अरबले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने, भाउ बढ्ने सम्भावना Read Next

साउदी अरबले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने, भाउ बढ्ने सम्भावना