काठमाडौं । समयमै भुक्तनी नपाएको भन्दै निर्माण व्यवसायीहरु आन्दोलित भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा मंगलबार व्यवसायीहरुले प्रधानमन्त्री निवास अगाडि सडकमै डोजर तेर्स्याएर विरोध प्रदर्शन गरेका हुन् ।
व्यवसायीहरुले विकास आयोजना निर्माण सम्पन्न गरेको १ वर्षसम्म पनि सरकारले भुक्तानी नदिएकाले तत्कालै भुक्तानी दिनुपर्ने माग गरेका छन् ।
त्यस्तै, उनीहरुले सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर्नुपर्ने, निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गर्नुपर्ने, सम्पूर्ण ठेक्ककाको एकमुष्ट म्याद थप्नुपर्ने, निर्माण सामग्रीको मूल्य समायोजन गर्नुपर्ने, स्रोत नभएका योजनाहरू खारेज गर्नुपर्ने लगायत ९ बुँदे माग राखेका छन् ।
आफूहरुको माग पूरा नहुन्जेल आन्दोलन जारी रहने निर्माण व्यवसायीले बताएका छन् ।