अपर तामाकोशीले हकप्रद प्रयाेजनका लागि तोक्यो बुकक्लोज

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बुकक्लोज मिति तोकेको छ ।

कम्पनीको संचालक समितिको असार २८ गते बसेको बैठकले १०० प्रतिशत हकप्रद प्रयोजनका लागि साउन २६ गते बुकक्लोज मिति तोकेको हो । सो अनुसार साउन २५ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता सेयर जारी गर्ने भएको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रद सेयर जारी गर्न रेटिङ समेत गराइसकेको छ । कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर बीबी असाइन्ड’ रेटिङ दिएको हो । उक्त रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता मध्यम जोखिम रहेका जनाउँदछ ।

कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक र सनराइज क्यापिटललाई बिक्री सह-प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

योजना कार्यक्रम तथा बजेट कार्यान्वयनबीच खाडल छ : उपाध्यक्ष श्रेष्ठ Read Previous

योजना कार्यक्रम तथा बजेट कार्यान्वयनबीच खाडल छ : उपाध्यक्ष श्रेष्ठ

वर्षौँ बित्दा पनि सम्पन्न भएनन् अर्बौँं लगानीका सडक, जोखिमपूर्ण यात्रा गर्न बाध्य Read Next

वर्षौँ बित्दा पनि सम्पन्न भएनन् अर्बौँं लगानीका सडक, जोखिमपूर्ण यात्रा गर्न बाध्य