थामिएन नेप्सेको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार पाँचौ दिन गिरावट आएको छ । साउन ७ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि ८ गतेदेखि ओरालो लागेको नेप्सले आज पनि सोही यात्रा कायम राखेको हो । पछिल्ला ५ दिनमा नेप्सै १२६ अंकले घटेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गर्ने बताएको थियो । तर, ५० लाख रुपैयाँसम्मको सेयर कर्जाको मात्र जोखिभार १०० प्रतिशतमा झारेपछि लगानीकर्ता हतोत्साही हुँदा नेप्सेमा लगातार गिरावट आएको हो ।

लगानीकर्ताले सेयर धितोकर्जाको १२ करोडको सीमा हटाउन र जोखिमभार घटाउन माग गरे पनि राष्ट्र बैंकले सुनुवाइ नगर्दा लगानीकर्ताको मनोबल गिरेको हो ।

आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा आइपुगेको छ । यसदिन २६६ कम्पनीको २ अर्ब ५० करोड बढीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २.३२ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको पौने १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

उच्च अंकले घटेको बजारमा आज मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.७८ प्रतिशतले घटेको छ । त्यस्तै, अभियान लघुवित्त ६.५७, हिमालयन लघुवित्त। सनराइज ब्लूचिप फण्ड र रावा इनर्जीका सेयरधनीले ५ प्रतिशत गुमाएका छन् ।

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउँछ, समयमै ब्याज नतिर्नेलाई छुट दिन हुँदैन : सीबीफिन Read Previous

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउँछ, समयमै ब्याज नतिर्नेलाई छुट दिन हुँदैन : सीबीफिन

अरू देशले कडा नीति लिइरहँदा हामीले लचिलो लियौं, गिरेको मनोवल उकास्छ  : गभर्नर अधिकारी Read Next

अरू देशले कडा नीति लिइरहँदा हामीले लचिलो लियौं, गिरेको मनोवल उकास्छ : गभर्नर अधिकारी