त्रिभुवन विमानस्थलको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।

अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’रुपमा अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको छ । अहिले सर्भर मर्मतको काम पनि भइरहेको छ ।

‘अध्यागनको सर्भर डाउन भएकाले मेनुअलरुपमा यात्रु व्यवस्थापन गरी सेवालाई निरन्तरता दिइएको छ,’ प्रमुख सेडाइँले भने ।

विमानस्थल कार्यालयले पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको र मेनुअलरुपमा उडान सेवालाई निरन्तरता दिइएको जनाएको छ ।

पनौती घुम्न जाने पर्यटकलाई ‘हेरिटेज पासपोर्ट’ Read Previous

पनौती घुम्न जाने पर्यटकलाई ‘हेरिटेज पासपोर्ट’

देशलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा  वीरेन्द्रबहादुर, २० हजार किसानलाई समेट्दै Read Next

देशलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा  वीरेन्द्रबहादुर, २० हजार किसानलाई समेट्दै