साउन १८ गतेदेखि आइपीओ बिक्री गर्दै अप्पर लोहोरे खोला हाइड्रोपावर

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले साउन १८ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँदरले १९ करोड ५३ लाख २७ हजार ९०० रुपैयाँ बराबरको १९ लाख ५३ हजार २७९ कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा साउन २२ गतेसम्म आवेदन दिन पाइने छ । यदि, तोकिएको समयमा सबै सेयर बिक्री नभएमा मात्र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनको शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ।

 

तोकिएको समयमै व्यवसाय कर बुझाउन महानगरको आग्रह, १० प्रतिशत छुट पाइने Read Previous

तोकिएको समयमै व्यवसाय कर बुझाउन महानगरको आग्रह, १० प्रतिशत छुट पाइने

दोब्बर मूल्यमा व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन Read Next

दोब्बर मूल्यमा व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन