नेप्सेमा थप दुई लघुवित्त बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई लघुवित्त संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बुधबार एनएमबी लघुवित्त वित्तीय संस्था र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

दुवै लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन् ।

नेप्सेमा एनएमबी लघुवित्तको १० प्रतिशत अर्थात् ६ लाख ५५ हजार ८६२.८६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरी, मनकामना स्मार्टको ४.७५ प्रतिशत अर्थात् ६७ हजार ३२९.११ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत दुवै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

नयाँ बसपार्कबाटै सार्वजनिक बस सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस Read Previous

नयाँ बसपार्कबाटै सार्वजनिक बस सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस

हुलाक बचत बैंकका खाता र दायित्व वाणिज्य बैंकमा हस्तान्तरण Read Next

हुलाक बचत बैंकका खाता र दायित्व वाणिज्य बैंकमा हस्तान्तरण