सानिमा बैंकको सेयर १५० रुपैयाँमै किन्ने अवसर !

काठमाडौं । सानिमा बैंकको संस्थापक समूहको (प्रमोटर) सेयर आजदेखि लिलामीमा आएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २ लाख ५० हजार कित्ता सेयर लिलामी मार्फत विक्री गर्न लागेका हुन्।

बैंकको प्रमोटर सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

इच्छुक संस्थापकले ३५ दिन भित्र सानिका बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी विक्री खुला गरिने बैंकले जनाएको छ ।

एलन मस्कको 'एक्स' मोह Read Previous

एलन मस्कको 'एक्स' मोह

टाटा मोटर्सको जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो Read Next

टाटा मोटर्सको जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो