काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गरेको छ ।
चालु आर्थिक वर्ष २०७९/८०को मौद्रिक नीति मार्फत राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट शतप्रतिशतमा झारेको हो ।
यसअघि २५ लाख सम्मको सेयर धितो कर्जामा जोखिमभार शतप्रतिशत थियो भने त्योभन्दा माथिको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशत थियो ।
आइतबार राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिमभार ५० प्रतिशत घटाइएको जानकारी दिए ।
उनले भने, ‘जोखिम भारको विषयमा टेन्टेटिभ आइडिया आइसकेको छ । सेयर धितो कर्जाको जोखिमको हकमा २५ लाखको सीमालाई ५० पुर्याइएको हो,’ उनले भने, यसमा ५० लाखसम्मको कर्जामा १०० प्रतिशत जोखिमभार रहने भन्ने हो ।’
५० लाख माथिको सेयर धितो कर्जामा विद्यमान १५० प्रतिशत जोरिखभार कायमै रहने उनले बताए ।