काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ ।
कम्पनीले सेयर कारोबार भइरहेकै समयमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको भन्दै नेप्सेले कारोबार रोक्का गरिदिएको हो ।
धितोपत्र सूचीकरण विनियमावली अनुसार सेयर कारोबार हुने समयमा सेयर मूल्यमा प्रभाव पार्ने कुनै पनि सूचना, जानकारी वा निर्णय सार्वजनिक गर्न पाइँदैन ।
तर, प्रभु इन्स्योरेन्सले गत असार २७ गते सेयर कारोबार भइरहेकै समयमा हकप्रद सम्बन्धी निर्णय गरेको भन्दै नेप्सले कम्पनीलाई ३ दिने स्पष्टीकरण बुझाउन निर्देशन समेत दिएको छ ।