अल्पविकसित देशको तर्फबाट युएनको उच्च स्तरीय फोरममा आयोग उपाध्यक्षको सम्बोधन

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले न्युयोर्कमा जारी उच्च स्तरीय राजनीतिक फोरमलाई सम्बोधन गरेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडीसी)हरुको तर्फबाट सम्बोधन गरेका हुन् ।

यसअघि उपाध्यक्ष नेतृत्वको टिम मञ्चको तीनदिने उच्चस्तरीय सम्मेलनको उद्घाटन सत्रमा समेत सहभागी भएका थिए । फोरमा विभिन्न देशका मन्त्रीस्तरीय प्रतिनिधिहरुको सहभागीता छ ।

उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा संकटका प्रभावहरू प्रकास पार्दै अल्पविकसित राष्ट्रहरूमा एसडीजीहरूको कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताए । उनले एलडीसीहरूको लागि दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न र नवप्रवर्तन र प्रविधि हस्तान्तरण मार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडीसीहरूलाई सहयोग गर्न विश्वव्यापी समुदायलाई आग्रह गरेका छन् ।

उपाध्यक्ष श्रेष्ठले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा जोड दिए । ‘एलडिसीहरु विश्वव्यापी फोकसको केन्द्रविन्दु हुनुपर्छ, एलडिसी सफल भए एसडिसीहरु सफ हुन्छन्’ उपाध्यक्ष श्रेष्ठले भने ।

उच्चस्तरीय पोलिटिकल फोरममा सहभागी हुन नेपाली टोली १३ जुलाईमा अमेरिकाको न्यूयोर्क पुगेको थियो । उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा संघीय सांसद सदस्य तथा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद तथा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला र माओवादी सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अधिकारीहरु र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अधिकारीहरु सहभागी छन् ।

रसुवागढी नाकाबाट ३० अर्बको वस्तु आयात, सवारीसाधन मात्रै १२८९ थान भित्रिए Read Previous

रसुवागढी नाकाबाट ३० अर्बको वस्तु आयात, सवारीसाधन मात्रै १२८९ थान भित्रिए

अन्न सम्झौताबाट बाहिरिने रुसको घोषणा, अमेरिकाले भन्यो-'क्रूर निर्णय' Read Next

अन्न सम्झौताबाट बाहिरिने रुसको घोषणा, अमेरिकाले भन्यो-'क्रूर निर्णय'