साउन ४ गतेदेखि आइपीओ बिक्री गर्दै हाथवे इन्भेष्टमेन्ट, प्रतिकित्ता भाउ ५० रुपैयाँ

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साउन ४ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले विदेशमा रहेका नेपालीका लागि प्रतिकित्ता ५० रुपैयाँ दरले १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

त्यसैगरी, कम्पनीले आफ्ना कर्मचारीका लागि ५८ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४६ हजार २५० कित्ता सेय निष्काशन गर्ने भएको छ।

लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा साउन ४ देखि १८ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

बैंकको कर्मचारी हुँ भन्दै अर्काको लाखौं रकम आफ्नो खातामा रकमान्तर Read Previous

बैंकको कर्मचारी हुँ भन्दै अर्काको लाखौं रकम आफ्नो खातामा रकमान्तर

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने पौने ९ लाख सवारी साधन कारबाहीमा Read Next

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने पौने ९ लाख सवारी साधन कारबाहीमा