थप दुई कम्पनीले पाए आइपीओ बिक्री गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई कम्पनीलाई प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले असार २० गते चिर्खुवा हाइड्रोपावर र माथिल्लो मैलुङखोला जलविद्युत् लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।

दुवै कम्पनीले सर्वसाधरण र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ बिक्री गर्न अनुमति पाएका हुन् ।

चिर्खुवा हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।

यसैगरी, माथिल्लो मैलुङखोला जलविद्युत्ले प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

खुकुलो मौद्रिक नीति ल्याउनुपर्छ, राष्ट्र बैंकले स्वायत्तताको दुरुपयोग नगरोस् : अर्थमन्त्री Read Previous

खुकुलो मौद्रिक नीति ल्याउनुपर्छ, राष्ट्र बैंकले स्वायत्तताको दुरुपयोग नगरोस् : अर्थमन्त्री

घोराही  सिमेन्ट र आइएमई लाइफको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

घोराही सिमेन्ट र आइएमई लाइफको आइपीओ भर्ने आज अन्तिम दिन