ललिता निवास जग्गा प्रकरण : चार पूर्वसचिव विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन् ।

ललिता निवास प्रकरणमा चारजना पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो । ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरु गरेको हो ।

जुकरबर्गको ‘थ्रेड्स एप’ विरुद्ध मुद्दा हाल्ने ट्वीटरको चेतावनी Read Previous

जुकरबर्गको ‘थ्रेड्स एप’ विरुद्ध मुद्दा हाल्ने ट्वीटरको चेतावनी

बाढीले ३० हाइड्रोपावरमा ९ अर्बको क्षति, २० लाख सर्वसाधारणको लगानी जोखिममा Read Next

बाढीले ३० हाइड्रोपावरमा ९ अर्बको क्षति, २० लाख सर्वसाधारणको लगानी जोखिममा