नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । अघिल्ला तीन कारोबार दिनमै ११० अंकले घटेको नेप्से आज दोहोरो अंकले बढेको हो ।

सूचकमा सुधार आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ४८ करोड घटेर २ अर्ब ५७ करोडमा सीमित भएको छ ।

मंगलबार नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा पुगेको छ । यसदिन २८२ कम्पनीको ६४ लाख ५० हजार ९३४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ ।

आज नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनएलजी र हिमालयन लाइफ इन्स्योरेन्स समान ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरा अंकले बढेको बजारमा आज सिटी होटलको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, मानुषी लघुवित्त ६.१५, सिंगटी हाइड्रोपावर ५.९५, पिपुल्स हाइड्रोपावर, नेष्डो लघुवित्त, बेस्ट फाइनान्स, ओरेन्टल होटल र मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

'मौद्रिक नीतिले चालु पूँजी, मार्जिन र ठूलो कर्जाका चुनौती व्यवस्थापन गर्नुपर्छ’ Read Previous

'मौद्रिक नीतिले चालु पूँजी, मार्जिन र ठूलो कर्जाका चुनौती व्यवस्थापन गर्नुपर्छ’

समयमै आयात नहुँदा मल अभाव Read Next

समयमै आयात नहुँदा मल अभाव