असार २७ देखि प्रिमियममा आइपीओ बेच्दै रिलायबल लाइफ, प्रतिकित्ता भाउ कति ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार २७ गतेदेखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा १२ लाख कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछ । सो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकत ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयरमार्फत अनलाइन् आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। आइपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी त्रिपल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँदछ ।

 

मनकामना इन्जिनीयरिङ हाइड्रोपावरको आइपीओ खुल्यो Read Previous

मनकामना इन्जिनीयरिङ हाइड्रोपावरको आइपीओ खुल्यो

महासंघ र परिसंघले आर्थिक मुद्दामा सहकार्य गर्ने Read Next

महासंघ र परिसंघले आर्थिक मुद्दामा सहकार्य गर्ने