काठमाडौं । अरुण काबेली पावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि बुकक्लोज मिति तोकेको छ ।
कम्पनीको संचालक समितिको असार १७ गते बसेको बैठकले हकप्रद प्रयोजनका लागि असार २५ गते बुकक्लोज मिति तोकेको हो। सो अनुसार असार २४ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको हो । हाल १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ३ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीके हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।